 
	    काठमाडाैं । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ ।
आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बन्नुभएकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।
आजको प्रदेशसभामा एक सय १० सदस्य रहनुभएकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित हुनुभएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाल्नुभयो । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्थ्यो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्