३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


कपिलवस्तुमा हाइड्रोजन ग्यासको सिलिन्डर विस्फाेट, एक जनाको मृत्यु


286
Shares

सुशील गैरे
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ ।

बाणगंगाको कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट भएकाे हाे ।

महाेत्सव स्थलबाट प्राप्त जानकारी अनुसार प्लास्टिककाे बेलुन बिक्रीका लागि राखिएकाे सिलिन्डर बिष्फाेट भएको हाे । विष्फोटमा स्थानीय बेलुन व्यवसायीकाे घटना स्थलमै मृत्य भएकाे हाे ।