Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


डेढ दशकदेखि उडान भरिरहेको थियो दुर्घटनामा परेको यती एयरलाइन्स


377
Shares

काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमान डेढ दशकदेखि उडान भरिरहेकाे खुलासा भएकाे छ ।

दुर्घटनामा परेको यती एयरलाइन्सको उक्त ९ एन-एनएसी विमान सन् २००७ मा बनेको हाे।

यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो ।

७५४ सिरियल नम्बरको यो विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो।

किंगफिसरले भीटी-केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडाएपछि अप्रिल २०१३ मा यो विमान थाइल्यान्डको नोक एयरले किनकाे थियाे ।

त्यसयता ६ वर्षसम्म उडान भरेर नोक एयरले यती एयरलाइन्सलाई बेचेकाे थियाे । यो विमान २० अप्रिल २०१९ मा यती एयरलाइन्सले किनेको थियो ।

त्यसयतादेखि दुर्घटनाग्रस्त विमान यती एयरलाइन्सले उडाउँदै आएकाे थियाे ।