अमेरिकाकी आर बोनी गेब्रियलले हात पारिन् मिस युनिभर्सको उपाधि « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


अमेरिकाकी आर बोनी गेब्रियलले हात पारिन् मिस युनिभर्सको उपाधि


377
Shares

काठमाडौं । अमेरिकाकीआर बोनी गेब्रियलले ७१ औं मिस युनिभर्सको उपाधि जितेकी छिन् ।

उनलाई अघिल्लो संस्करणकी विजेता भारतकी हरनाज सन्धुले ताज पहिराएकी हुन् । फेसन डिजाइनर समेत रहेकी २८ वर्षीया ग्राबियल ह्युस्टन, टेक्ससकी बासिन्दा हुन् ।

फस्ट र सेकेन्ड रनरअप क्रमश भेनेजुएलाकी अमान्डा डुडामेल र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज भएका थिए । यो प्रतियोगिता अमेरिकाको न्यु अर्लिन्स शहरमा भएको थियो ।

यस प्रतियोगितामा विश्वभरबाट ८६ सुन्दरीहरुको सहभागिता रहेको थियो । जसमा नेपालबाट सोफिया भुजेलले प्रतियोगितामा भाग लिएकी थिइन् ।

भुजेलले अन्तिम १६ मा पनि स्थान बनाउन सकिनन् ।