Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


दुर्घटनाग्रस्त यती एयरकाे जहाजमा कति जना थिए विदेशी सवार ?


845
Shares

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको त्रिभुवन विमान स्थलले जनाएकाे छ ।

जहाजमा सवार ७२ मध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्की कारण साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ ।

दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताउनु भएकाे छ।