Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट ३२ जनाको शव निकालियो


390
Shares

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएको छ ।

अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् । यद्यपी, घटनाको थप विवरण आउन बाँकी रहेकाे छ ।