काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले विश्वविद्यालयहरुले वार्षिक रुपमा हुने आम्दानी र खर्चबारे कुनै लेखाजोखा राख्ने नगरेको बताएका छन् ।
सार्वजनीक लेखा समितिको बैठकमा मूख्य सचिव रेग्मीले त्रिभुवन विश्वद्यालयले आफनो आम्दानी र खर्चबारे ब्यालेन्ससिट समेत तयार नपारेको जानकारी दिए ।
उनले पटक पटक ब्यालेन्स सिट राख्न आग्रह गरेपनि विश्वविद्यालयले लिपिवद्ध कुनै दस्तावेज नराखेको बताए ।
बेरुजु फछ्र्यौंट मूल्याङ्कन र अनुगमन समितिको प्रगति तथा भावी कार्ययोजना सम्वन्धी छलफल गर्न बसेको बैठकमा मुख्य सचिव रेग्मीले विश्वविद्यालयहरुमा भइरहेको बेथिती कडाईका साथ अनुगमन गरिने पनि बताए ।
मुख्य सचिव रेग्मीले राजश्व संकलनमा चुनौति थपिदै गइरहेको बताउँदै राज्यले यकिन गरिसकेको राजश्व जुनसुकै हालतमा पनि असुल गरिने बताए ।
उनले बेरुजु कसरी नियमन र असुली गर्ने भन्नेमा सरकार गम्भीर रहेको पनि बताए ।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचलनको अध्ययन गरी एक महिनाभित्र लेखापरीक्षणको सुधार गरिसक्ने समितिलाई जानकारी गराए ।
समितिका सदस्यले कतिपय संघसस्थाको बेरुजु बाँकी रहेको बताउँदै यसबारे अनुगमन र कारवाहीको प्रकृया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्