२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


‘नेपालकाे राजनीति एकले अर्कोलाई छक्याउने र ढाल्ने खेलमा केन्द्रित’


156
Shares

काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीको अखडाजस्तो भएको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्नेमा मात्रै केन्द्रित भएको जिकीर गर्नुभयो ।

आज काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उहाँले पूर्वप्रधानमन्त्रीबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले प्रधानमन्त्रीका लागि पहल गरेको बताउनुभयो ।

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव राख्नुभयो ।