 
	    एजेन्सी । रुसले युक्रेनका महत्वपूर्ण नून खानी खानी रहेकाे शहर नियन्त्रणमा लिन सफल भएको दावी गरेको छ ।
रुसले लामो समयको युद्धपछि युक्रेनको नून खानी रहेको शहर आफ्नो नियन्त्रणमा लिएको दावी गरेको हो । यो सफलताले युक्रेनमाथिको विजयको महत्वपूर्ण खुड्किलाे भएको रुसी अधिकारीहरुले दावी गरेका छन् । तर युक्रेनका अधिकारीहरुले भने युद्ध जारी रहेको भन्दै साेही शहर रूसको कब्जामा नरहेको बीबीसीले उल्लेख गरेको छ ।
तुलनात्मक रुपमा कम जनसंख्या भएको सोही शहर रुसी सेनाको कब्जमा नरहेको युक्रेनी अधिकारीहरुको भनाइ छ । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गर्दै आफ्नो शहर रुसी सेनाको कब्जामा नरहेको बताउनुभयो । उहाँले आफ्ना सुरक्षा अधिकारीहरुले मुलुकको सुरक्षा गरिरहेको भन्दै प्रशंसा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रुसले नियन्त्रणमा लिएको भनिएको सोही शहरमा रहेका महिला तथा बालबालिकालाई सुरक्षित स्थानमा सार्न पनि राष्ट्रपति जेलेन्स्कीले निर्देशन दिनुभएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्