
फाइल तस्विर
काठमाडौँ । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुपर्ने बताउनु भएकाे छ ।
शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बताउनु भयाे ।
सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई मध्यनजर गरेर पुनः कप्तानीको रुमपा क्यानले लामिछानेलाई दिनुको विकल्प नरहेको उहाँले बताउनु भयाे ।
उहाँले बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने बताउनु भयाे ।









प्रतिक्रिया दिनुहोस्