१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


समाज सेवामा पाए नवराज केसीले डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२


325
Shares

काठमाडौं । नेपालका नवराज केसी डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२२ बाट सम्मानित हुनुभएको छ ।

नेपाली भएर अन्तराष्ट्रिय स्तरमै सामाजिक योगदान गर्न सक्षम भएको भन्दै उहाँलाई भारत अन्तर्राष्ट्रिय केन्द्रले अन्तराष्ट्रिय स्तरको पुरस्कार प्रदान गरेको हो । केसी लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । समाज सेवामा रुची र दख्खल राख्ने केसीको दुर्गम ठाउँको बिकास र समाजसेवाको उच्च मूल्यांकन गर्दे अन्तराष्ट्रिय पुरस्कार प्रदान गरीएको हो । यस भन्दा अघि पनि आफ्नो समाजलाई सकरात्मक प्रभाव पार्न भूमिका खेलेको भन्दै अमेरिकाको न्यूयोर्कका नेपाली रियल्टर केसीलाई पाँचहजार डलरसहितको स्पिीरिट अवार्ड प्रदान गरीएको थियो ।

कलेज प्वाइन्टका विविध समुदायका बासिन्दाहरूको जीवनको गुणस्तर सुधार गर्न आफ्नो मिशनमा मद्दत गर्न केसीलाई २०२२ रियल्टर स्पिरिट अवार्ड प्रदान गरीएको थियो । केसी न्यूयोर्क सिटी काउन्सिलको चुनावमा उम्मेदवारी दिने पहिलो नेपाली अमेरिकन हुन् । केसी न्यूयोर्क सिटी मेयर एरिक आडम्सको एसियन एड्भाइजरी काउन्सिलका सदस्य समेत हुनुहुन्छ ।

केसी सफल उद्यमी, व्यावसायिक रियाल्टर र सामुदायिक कार्यकर्ताको रुपमा सकृय हुनुहुन्छ । २०१९ देखि २०२० सम्म रोटरी क्लब अफ न्यूयोर्क, क्वीन्सका अध्यक्ष समेत रहेका केसी कलेज प्वाइन्ट सिभिक एण्ड ट्याक्स पेयर एसोसिएसनका अध्यक्षका रूपमा समेत कार्यरत छन् ।