
फाइल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमाले परित्याग गर्नुभएका नेता घनश्याम भुसाललाई छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरेको छ ।
एकता वार्ता समितिका संयोजक समेत रहनुभएका पार्टी महासचिव बेदुराम भुसालले मंगलबार पठाएको जवाफी पत्रमा छिट्टै आवद्ध हुन आग्रह गरिएको छ ।
नेकपा (एमाले) छाडेर रुपन्देही-१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बन्नुभएका भुसालले एकीकृत समाजवादी प्रवेशका लागि प्रस्ताव पठाउनु भएको थियो ।




प्रतिक्रिया दिनुहोस्