Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


अर्घाखाँचीमा जिपको ठक्करबाट एक जनाको मृत्यु


572
Shares

अर्घाखाँची । अर्घाखाँचीमा डबल क्याप जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले ठक्कर दिंदा सोही वडाका ७० वर्षीय वृद्व ज्ञान बहादुर नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

टाउको र घुँडामा गहिरो चोट लागेर घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जाकारी दिनुभयो।

ठक्कर दिने गाडी तथा चलकलाइ नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।