२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न


91
Shares

काठमाडौं । एनएमबि बैंकको २७ औं वार्षिक साधारण सभा हालै काठमाडौंमा सम्पन्न भएको छ ।

संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो ।एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८दशमलव २५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६ दशमलव ४० अर्ब र कर्जा १८२ दशमलव ०९ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।