बागमतीमा सभामुखका लागि मनोनयन दर्ता « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


बागमतीमा सभामुखका लागि मनोनयन दर्ता


78
Shares

काठमाडौं । बागमती प्रदेशमा सभामुखका लागि उम्मेदवारी दर्ता भएको छ ।

बिहीबार बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बागमतीमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै, कांग्रेसबाट रामनाथ अधिकारी र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आजै दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।