‘गिटार गड’ जेफ बेकको निधन « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


‘गिटार गड’ जेफ बेकको निधन


390
Shares

एजेन्सी । संगीत क्षेत्रमा ‘गिटार गड’ भनेर चिनिने हलिउड गिटारवादक जेफ बेकको निधन भएको छ ।

जेफको ७८ वर्षको उमेरमा मंगलबार निधन भएको हो । जेफको आधिकारिक वेबसाइटले उनको निधनको बारेका पुष्टि गरेको हो । इंल्याण्डमा जन्मेका जेफले सन् १९६० मा सुपरग्रुप द यार्डबर्ड्स मार्फत रक एन्ड रोल स्टारडमको सुरुवात गरेका थिए ।

जेफको निधनले संगीत उद्योग शोकमा डुबेको छ। जेफको मंगलबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जेफको निधनको कारण ब्याक्टेरियल मेनिन्जाइटिस रहेको पारिवारिक स्रोतले जनाएको छ ।

२४ जुन १९४४ मा इंल्याण्डमा जन्मेका जेफको वास्तविक नाम ‘जेफ्री अर्नोल्ड बेक’ हो । उनले एकल अभिनयको रूपमा दुई हिट एल्बमहरू सन् १९७५ र १९७६ मा रेकर्ड गरेका थिए । यस्तै, उनले धेरै कलाकारहरूसँग रेकर्ड गरेका थिए ।