कपिलवस्तुमा सरकारी गाडीकाे दुरुपयाेग, १५ गाडी नियन्त्रणमा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


कपिलवस्तुमा सरकारी गाडीकाे दुरुपयाेग, १५ गाडी नियन्त्रणमा


520
Shares

कपिलवस्तु । सार्वजनिक बिदाकाे माैका छाेपी विना अनुमति चलाइएका सरकारी सवारी साधन कपिलवस्तु ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएपछि त्यसलाई निरुत्साहित गर्नका लागि निर्देशन दिएको कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो ।

गोरुसिङ्गे स्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र २ मोटर साइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सीनाले बताउनु भयो ।

बुधवार बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका, रोल्पा नगरपालिका, टिकापुर नगरपालिका, कञ्चनपुर नगरपालिका, शितगंगा नगरपालिका र हुलाकी राजमार्ग कार्यालय लगायतको सवारी साधन नियन्त्रणमा लिइएको थियो ।

बिदाको दिन अनुमति लिएर चलाउन आग्रह गर्दै साँझ ५ बजे ती सवारी साधन छाडिएको ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी नायव निरीक्षक नीरज गौतमले बताउनु भयो ।