काभ्रे र सिन्धुपाल्चोकका ६ कृषक पुरस्कृत « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


काभ्रे र सिन्धुपाल्चोकका ६ कृषक पुरस्कृत


39
Shares

काभ्रे । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभ्रे र सिन्धुपाल्चोकका ६ जना कृषक पुरस्कृत भएका छन् ।

धुलिखेलमा आयोजित कार्यक्रममा काभ्रे र सिन्धुपाल्चोक जिल्लाका ३/३ जना कृषकलाई नगद १५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुनेमा काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ का रमेश आचार्य, वडा नम्बर ७ का देवकृष्ण मानन्धर, वडा नम्बर ८ का रविन्द्र बन्जारा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १ का झलक प्रसाद सुवेदी, श्रीकृष्ण धिमाल र लिशंखुपाखर वडा नम्बर ४ का दिउ कुमारी शाक्य रहनुभएको छ ।

उहाँहरुलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, कृषि ज्ञान केन्द्र प्रमुख तेजप्रसाद दवाडी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख राजकुमार हुमागाई र कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले प्रमाणपत्र, दोसल्ला र नगद सहित सम्मान गर्नु भएको थियो ।

कृषि ज्ञान केन्द्र काभ्रेले उत्कृष्ट कृषक छनौटका लागि मापदण्ड तोकेर खुल्ला निवेदन माग गरेको थियो । सोहि मापदण्डका आधारमा काभ्रेपलाञ्चोकबाट ४४ वटा र सिन्धुपाल्चोकबाट १३ गरी ५७ वटा आवेदन परेका थिए ।

मापदण्डमा तोकिए अनुसार प्राप्ताङ्कका आधारमा उत्कृष्ट ६ जना सम्मानित भएका कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिनुभयो ।