Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


अभिनेता कार्तिक आर्यन घाइते


377
Shares

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यन फिल्म ‘शहजादा’ को छायांकनको क्रममा घाइते भएका छन् । 

घुँडामा चोट लागेको कुरा कार्तिकले आफ्नाे सामाजिक साञ्जाल इन्स्टाग्राम मार्फत एक तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका हुन् । उनले तस्बिरसँगै लेखेका छन्,-‘घुँडामा चोट लाग्यो, आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो ।’

उक्त तस्बिरमा उनले आइस बकेटमा खुट्टा राखिएकाे देख्न सकिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको घुँडामा सामान्य चोट लागेको छ। उनका फ्यानले स्वास्थ्य लाभको कामना समेत गरिरहेका छन्। 

कार्तिक फिल्म ‘शहजादा’ बाट निर्मातामा पनि डेब्यू गर्दैछन्। पर्याप्त बजेट नभएपछि फिल्मको छायांकन रोकिन लागेको थियो। त्यसैले कार्तिक पनि निर्माण टिममा सामेल भएका हुन्। यो फिल्म उनको आफ्नै निर्माणमा बन्न लागेको हो ।

रोहित धवन निर्देशित फिल्म ‘शहजादा’ मा कार्तिकसँगै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ । साेही फिल्म आगामी फेब्रुअरी १० मा सार्वजनिक हुने भएकाे छ ।

अभिनेता कार्तिकि ‘लुका छुपी’ पछि दोस्रो पटक फिल्म ‘शहजादा’ मा कृति सेननसँग स्क्रिन सेयर गर्दैछन् ।