२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


‘शिवम‍्सँग उपहार टन्न’ योजनाको पहिलो महिनाका विजेताको नाम सार्वजनिक


286
Shares

काठमाडौं । शिवम् सिमेन्टले सञ्चालनमा ल्याएको ‘शिवम‍्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की-ड्र अन्तर्गत पहिलो महिनाको भाग्यशाली (उपभोक्तातर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की ड्र मार्फत सार्वजनिक गरिएको छ ।

शिवम् सिमेन्टले यहि मंसिर १८ गतेदेखि “शिवम‍्सँग उपहार टन्न” नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो ।

यस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि २ सय देखि ५ सय सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा अढाई ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री उपहार राखिएको थियो ।

साथै, सोहि कुपनको आधारमा मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।