राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक छ : पूर्वराजा शाह « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक छ : पूर्वराजा शाह


234
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको बताउनुभएको छ ।

३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा नेपालको राजनीति अलमलिएको बताउँदै उहाँले पुनरावलोकनको औचित्य औँल्याउनुभएको हो ।

राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुने उहाँको भनाई छ । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन नसक्ने पूर्व राजाको भनाई छ ।