वेल्सका कप्तान ग्यारेथ बेलद्वारा सन्यासको घोषणा « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


वेल्सका कप्तान ग्यारेथ बेलद्वारा सन्यासको घोषणा


117
Shares

काठमाडौं । वेल्सका फुटबल खेलाडी ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

३३ वर्षीय बेलले सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।

इंग्लिस क्लब टोटनह्याम तथा स्पेनिस क्लब रियल मड्रिडका पूर्व खेलाडी बेल आफ्नो देश वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।

सन् २०१०–११ र २०१२–१३ मा टोटनह्याममा रहँदा दुई पटक वर्षको उत्कृष्ट फुटबलर घोषित भएका थिए । यस्तै, बेलले रियललाई तीनवटा लिग उपाधि र पाँच च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

इंग्ल्याण्डको साउथह्याम्पटनबाट व्यवसायिक फुटबल करियर सुरू गरेका बेल पछिल्लो समय अमेरिकाको लस एन्जलस एफ.सीबाट खेलिरहेका थिए ।

फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोलीलाई ५८ वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गराउँदा उनी टोलीका कप्तान थिए । उनले २०१६ र २०२० मा युरोकप समेत खेलेका छन् । १ सय ११ क्यापमा ४१ गोलका साथ उनी वेल्सको सर्वाधिक गोलकर्ता र बढी क्याप जित्ने खेलाडी हुन् ।