निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैनः मुख्यसचिव बैरागी


65
Shares

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ।

सोमबार काठमाडौंमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताउनुभयो । मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताउनुभयो ।

उहाँले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरु मर्जर भइ देशकै ठूलो बैंक बनेको ग्लोबल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्ने बारेमा लागिपरेको बतउनुभयो । उहाँले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढास्र एक जुट भइ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

मुख्यसचि बैरागीले निजी क्षेत्रहरु एकजुट भइ काम गर्ने हो भने लगानी गर्ने कुरामा सोचेको परिणाम प्राप्त हुने बताउनुभयो ।