चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक


260
Shares

काठमाडौं । हाँस्य कलाकार जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा हाँसो र रोदनको दुई पाटोलाई समावेश गरीएको छ । २ मिनेट ३८ सेकेण्ड लामो उक्त ट्रेलरमा पैसाको पछाडि भागिरहेका जितु नेपालको साम्राज्ञी आरएल शाहसँग भेट पश्चात् आउने असोचनीय उतार-चढावलाई प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माता डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यू निर्देशकिय चलचित्रमा जीतु र साम्राज्ञीको अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय रहेको छ ।

चलचित्रको प्रस्तुतकर्ता र निर्देशक रिजाल स्वयं हुन् । उनी पेशाले दन्त चिकित्सक हुन् । चलचित्रको पहिलो गीत सार्वजनिक भइसकेको छ । त्यस गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । ।

बि आर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । सुदीप बरालको छायांकन गरेकोचलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

चलचित्र आगामी माघ २० गतेबाट देशभर प्रर्दशन हुनेछ ।