
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कृषि कार्यक्रमका लागि थप १ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाको पहलमा आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत सो रकम विनियोजन भएको नगरपालिकाले जनाएको छ ।
बजेटमध्ये १ करोड तरकारी खेती र ७५ लाख रुपैयाँ आलुखेतीका लागि खर्च गरिने नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाले फलफूल तथा तरकारी बालीका लागि स्थानीय कृषकलाई एसियाली विकास बैंक ‘एडीबी’ले पनि आर्थिक अनुदान उपलब्ध गराउने बताउनुभयो ।
मुलुकभर १ सय वटा स्थानीय तह छनौट भएकोमा कार्यान्वयन भने सोलुदूधकुण्ड नगरपालिकाबाट गर्ने समझदारी भएको थियो।
प्रतिक्रिया दिनुहोस्