
काभ्रे । पनौती नगरपालिका–६ रातोमाटे क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीयको सहमतिबिना नै औषधि उद्योग स्थापना गर्न लागिएको भन्दै स्थानीयले विरोध गर्दा रातोमाटे क्षेत्र तनावग्रस्त बनेको हो ।
उद्योगले सहमति बिना संरचना निर्माणका लागि शिलान्यास गर्न खोजेपछि स्थानीयले त्यसलाई रोक्न खोज्दा झडपको स्थिति बनेको हो । आफूहरुसँग छलफल चलिरहेको मौका छोपेर उद्योगले भवन शिलान्यास गर्न खोजेको स्थानीयको आरोप छ ।
उनीहरुले प्रहरी प्रशासनले स्थानीयको मागलाई दबाउन खोजेको भन्दै नाराबाजी गरेका छन् । स्थानीयको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेपछि तनाव भएको हो ।
प्रतिक्रिया दिनुहोस्