Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘दाहाल नेतृत्वमा बनेकाे सरकार अवसर केन्द्रित गठबन्धन हाे’


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे सरकार अवसर केन्द्रित गठबन्धन भएको बताउनु भएकाे छ ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएका छन्।’

गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताउनु भयाे।

प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गर्नुभयाे।