काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल चण्डले विदेशबाट नेपाल फर्किँदा नागरिकले व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएकाे समस्याकाे बारेमा तत्काल आवश्यक कारबाही अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
उहाँले आज मंगलबार आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे निर्देशन दिनुभएकाे हाे । विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्ने बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता भए त्यसलाई समेत फुकाउन उहाँले निर्देशन दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ :





प्रतिक्रिया दिनुहोस्