
फाइल तस्बिर
काठमाडौं । मधेश प्रदेश सभाकाे सभामुखको निर्वाचन आगामी माघ २ गते हुने भएकाे छ ।
प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखकाे निर्वाचन हुने बताउनुभएकाे हाे । प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदनका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको उहाँले बताउनुभयाे ।
मनोनित सदस्यहरूमा सांसदहरू रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्