५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


माग सुनवाइ नभए सुदूरपश्चिम प्रदेशसभा चल्न नदिने चेतावनी


143
Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टीले माग सुनवाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ ।

सोमबार सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिनु भएकाे हाे ।

थारुहरुको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताउनुभयाे । उहाँले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने चेतावनी दिनुभयाे । सुदूरपश्चिम प्रदेशकाे सरकार गठनमा याे पार्टी निर्णायक भूमिकामा रहेकाे छ ।

चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रुपमा राज्यले निकास खोज्नुपर्नेमा जाेड दिनुभयाे ।