१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


अमेरिकी प्रथम महिला मेलानियाले भनिन्ः बालबालिकालाई अभिभावकबाट अलग नगराउ


0
Shares

काठमाडौं, असार ४ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले मेक्सिकोबाट अवैधानिक रुपमा अमेरिका प्रवेश गर्नेहरुका बालबालिकालाई अभिभावकबाट अलग गराउने प्रक्रिया तत्काल अन्त्य गर्न आग्रह गरेकी छिन् ।

अमेरिकी सरकारले मेक्सिकोसँगको सीमा क्षेत्रबाट करिब २ हजार बालबालिकालाई उनीहरुका अभिभावकबाट अलग गराएपछि सर्वत्र आलोचना हुन थालेपछि प्रथम महिला ट्रम्पले प्रक्रिया अन्त्य गर्न आग्रह बताएकी हुन् ।

उनले कानुनलाई पालना गर्नु सबैको कतव्र्य भए पनि मानवीयतालाई समेत ख्याल गर्नुपर्ने बताइन ।

उनले अभिभावकबाट अलग गराईका बालबालिकालाई चाँडै अभिभावक भेट्ने वातावरण सिर्जना हुने विश्वाससमेत व्यक्त गरेकी छिन् ।

अमेरिकी सरकारले मेक्सिकोसँगको सीमा क्षेत्र गैरकानुनी रुपमा नाघ्न खोज्ने आप्रवासीविरुद्धको कारबाहीका क्रममा ६ हप्ताभित्रै २ हजार बालबालिकालाई उनीहरुका अभिभावकबाट अलग गराएको थियो ।

वयस्कहरुलाई पक्राउ गरिएपछि उनीहरुका बालबालिकालाई अलग्गै राखिएको हो ।(एजेन्सी)