Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


चिनियाँ प्रधानमन्त्री लीले दाहाललाई पठाए बधाई सन्देश


78
Shares

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई सन्देश पठाएका छन्।

चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत दाहाललाई बधाइ सन्देश पठाएका हुन्।

प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका छन् ।

सन्देशमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।