काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले सरकारले जारी गरेको वन नियमावली २०७९ खारेज गर्न माग गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ फर्निचर उद्योगमैत्री नभएको भन्दै खारेज गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष सुजिल श्रेष्ठले आयात गरेको सामानसँग स्वदेशमा उत्पादित वस्तुले प्रतिष्पर्धा गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले आयातित सामाग्रीले आन्तरिक फर्निचर बजार घट्दै गएको बताउनुभयो । उहाँले आयातित काठका कारण बजारमा स्वदेशी उत्पादनले प्रतिष्पर्धा गर्न नसकेको बताउनुभयो ।
उहाँले अहिलेको वन नियमावलीका कारण काठ पाउन नसक्दा स्वदेशी उत्पादनहरु प्रतिष्पर्धामा भाग लिनै नसक्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकारको नीतिहरु यस्तै रहिरहे काठ उद्योगहरु बन्द हुने बताउनुभयो ।
महासंघले नेपाल सरकार उद्योग, वन तथा वातावरण मन्त्रालयले २०७९ साल असार १६ गते जारी गरेको वन नियमावली २०७९ खण्ड ७२ (संख्या १८)ले देशभरका दशौं हजार फर्निचर उद्योग व्यवसायी प्रभावित भएको गुनासो गरेको छ ।









प्रतिक्रिया दिनुहोस्