११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


भारतीय प्रधानमन्त्री मोदीको आमाको निधन ,परिवारमा को–को छन् र कहाँ काम गर्छन् ?


598
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधन भएको छ ।

प्रधानमन्त्री मोदीकी आमा हिरा बेनको १ सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । बिरामी भएपछि गत मंगलबार गुजरातको अहमदावादस्थित अस्पतालमा भर्ना गरिएको हिराबेनको उपचारकै क्रममा शुक्रबार बिहान पौने ४ बजे निधन भएको हो । हिरा बेनले छोरा प्रधानमन्त्री भए पनि सादा जीवन बिताएकी थिइन् ।

मोदीका पिता दामोदर दास मोदीका कुल ५ दाजुभाइ थिए । नरसिंह दास, नरोत्तम दास, जगजीवन दास, जयन्ती लाल र कान्तीलाल गरी दामोदर दासका ५ दाजुभाई हुन् । जयन्ती लालले शिक्षकबाट अवकाश लिएका थिए । जयन्ती लालकी छोरी लीना बेनका पति विसनगरमा बस कन्डक्टर थिए।

मोदीकी आमा हिरा बेनको विवाह दामोदरदास मोदीसँग भएको थियो । हिराबेन र दामोदरदासका ६ सन्तान छन् । प्रधानमन्त्री मोदी उनीहरूको तेस्रो सन्तान हुन् । हिरा बेनका सन्तानहरू अमृत मोदी, पंकज मोदी, नरेन्द्र मोदी , प्रल्हाद मोदी, सोमा मोदी र छोरी वसन्तिवेन हंसमुखलाल मोदी छन्।

वसन्ती बेन ५ दाजुभाइकी एक्ली बहिनी हुन् । उनको श्रीमानको नाम हसमुख भाइ हो। हसमुख भाई भारतीय लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्छन् । वसन्ती बेन गृहिणी हुन् ।

मोदीका जेठा दाइको नाम सोमा मोदी हो। उनी स्वास्थ्य विभागमा कार्यरत थिए । तर, अहिले अवकाश भइसकेका छन् । उनी अहिले अहमदाबादमा वृद्धाश्रम चलाइरहेका छन् र समाजसेवा गर्छन्।

मोदीको माइलो दाइको नाम अमृत मोदी हो। उनी अहमदाबादमा बस्छन् । उनकी श्रीमतीको नाम चन्द्रकान्त बेन हो । अमृत ​​ कुनै समय लेथ मेसिन अपरेटर थिए । अहिले उनी अहमदाबादको घाटलोडिया क्षेत्रमा चार कोठाको घरमा अवकाश जीवन बिताइरहेका छन् । उनका छोरा सञ्जय, श्रीमती र छोराछोरी उनीसँगै बस्छन्। सञ्जयले एउटा सानो व्यवसाय चलाउँछन् ।

मोदी सोमा र अमृतको भाइ हुन भने प्रह्लाद, पंकज र वसन्ती बेनका दाई हुन् ।मोदीका आफूभन्दा मुनिका भाइको नाम प्रल्हाद मोदी हो। उनी अहमदाबादमा सुपथ मूल्यको पसल चलाउँछन्। भारतीय सञ्चार माध्यमका अनसार उनको टायरको शोरुम पनि छ । प्रह्लाद मोदीकी पत्नी भगवतीवेन मोदीको सन् २०१९ मा हृदयघातका कारण निधन भएको थियो ।

मोदीका कान्छो भाइको नाम पंकज भाइ हो। पंकज गान्धीनगरमा बस्छन्। उनकी श्रीमतीको नाम सीतावेन हो । पंकजले सूचना विभागबाट अवकाश लिएका छन् । आमा हिरा बेन उनीसँगै बस्दै आएकी थिइन् ।

नरेंद्र मोदीका काका नरसिंह दास मोदीका छोरा भरत भाइ मोदी वडनगरबाट ६५ किलोमिटर टाढा पेट्रोल पम्पमा काम गर्छन्। यस बाहेक नरेन्द्र मोदीका अन्य आफन्तहरु पनि विभिन्न काममा लागेका छन् ।भारतीय प्रधानमन्त्री मोदीको परिवार कुनै लाभको पदमा छैनन् । सबैजना आ–आफ्नो सामान्य जीवन बिताइरहेका छन् ।