१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना


0
Shares

दाङ, भदौ ११ । तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ ।

उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ । 

दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो कक्षमा सुतेर बच्चालाई दूध खुवाउनको लागि पलङसहितको बेड, बस्नको लागि सोफा राखिएको छ । 

उपप्रमुख आचार्यले स्तनपान कक्ष स्थापनासँगै तुलसीपुर उपमहानगरपालिकालाई नमूना स्मार्टसिटीको रुपमा विकास गर्न थप मद्दत मिल्ने बताइन् ।

त्यस अवसरमा १० जना सुत्केरी सेवाग्राही महिलालाई न्यानो कपडा र झोला वितरण गरिएको थियो । (रासस)