Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त सञ्चार सेवा निर्देशिका ल्याउने सरकारको तयारी


39
Shares

काठमाडाैं । सरकारले अपांगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका ल्याउने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव जमुना मिश्रले अपांगता भएका व्यक्तिका लागि आवश्यक पर्ने भएकाले सो निर्देशिका ल्याउने कामलाई अन्तिम चरणमा पुर्‍याइएको जानकारी दिनु भएको हो ।

बुधबार काठमाडौंमा आयोजित ‘अपांगता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँच सम्बन्धि व्यवस्था, अभ्यास तथा भावी योजना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले उनीहरुको शिक्षामा सूचना प्रविधिको व्यवस्था गर्नुपर्ने गरी नियमावलीको समेत व्यवस्था गरिएको स्पष्ट पार्नु भयो ।

उपसचिव मिश्रले बौद्धिक अपांगता, मानसिक अपांगता, अटिज्म, मष्तिष्क पक्षघात वा श्रवण दृष्टिविहीन भएका व्यक्तिको सिकाई आवश्यक्तालाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक र सोही अनुसारको शैक्षिक सागम्रीको व्यवस्था गरेको पनि स्मरण गराउनु भयो ।

त्यसैगरी अपांगता भएकाका लागि निःशुल्क शिक्षा र छात्रावृत्रि, निःशुल्क श्वास्थ्य सेवा, सार्वजनिक सवारी साधनमा छुट र सिटमा आरक्षणको व्यवस्था गरेको पनि सरकारले जनाएको छ । कार्यक्रममा बोल्दै अपांगता भएका व्यक्तिहरुले भने व्यवस्था बदलिए पनि आफूहरुको अवस्थामा परिवर्तन नआएको भन्दै गुनासो गरेका थिए ।