Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


लुम्बिनीका प्रदेश सांसदको शपथ पुस १६ गते


52
Shares

बुटवल । लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा दाङको देउखुरी उपत्यकास्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ गते शपथ ग्रहण र प्रदेश सभाको पहिलो अधिवेशन १८ गते बोलाउने निर्णय गरेकाे हाे ।