३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सुहाना थापाले चलचित्र वितरण गर्दै, पहिलो वितरण ‘गुलाबी’ गर्ने


507
Shares

काठमाडौं । अभिनेत्री सुहाना थापाले चलचित्रको वितरण गर्ने भएकी छन् ।

सुहानाले वितरण गर्ने पहिलो चलचित्र ‘गुलाबी’ बनेको छ । उनी सिइओ रहेको त्रिनेत्रम डिस्ट्रिब्युसनले उक्त चलचित्रलाई देशभर वितरण गर्न लागेको हो ।

मंगलबार सुहाना र ‘गुलाबी’ का निर्देशक समुन्द्र भट्टबीच सम्झौता भएको हो । यसैबीच चलचित्रको डिजिटल राइट्स पनि विक्री भएको छ । ओएसआर डिजिटलले चलचित्रको युट्युब राइट्स खरिद गरेको हो ।

पारालैङ्गिकताको कथामा बनेको यस चलचित्रमा नाजिर हुसैन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको अभिनय रहेको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आलोक शुक्लाले छायांकन गरेका छन् भने भद्र भुजेल एसोसिएट निर्देशक र सम्राट बस्नेत द्वन्द्व निर्देशक छन् ।

चलचित्रको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिरले सहकार्य गरेका छन् ।