
काठमाडाैं । नेपाल कला परिषद बबरमहलमा नेपालमा शिक्षाको अवस्थाकाे बारेमा कार्टुन प्रदर्शनी भएको छ ।
परिषदकाे नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई ब्यंग्य गर्दै कार्टुन प्रदर्शनी सुरू भएको हो । रुपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टु निष्टहरुले बनाएका विभिन्न शिक्षा सम्बन्धी कार्टुनहरुलाई परिषदमा प्रदर्शनमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतीलाई ब्यंग्य गरेका छन् । प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरु राखिएको छ । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीहरुको बाध्यतालाई कार्टुनमा चित्रण गरिएको देख्न सकिन्छ ।

साथै कार्टुनमा नेपालका शहरीया क्षेत्रको शिक्षा अवस्था र गाउँको शिक्षा अवस्थालाई पनि देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्