Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश


1.4k
Shares

काठमाडौं । चीनका ४३ वटा लडाकु विमान ताइवानी उडान क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चिनियाँ लडाकु विमान ताइवान प्रवेश गरेको त्यहाँको रक्षा मन्त्रालयले पुष्टी गरेको हो । यसका साथै युद्ध अभ्यासका क्रममा ७१ चिनियाँ विमान प्रयोग गरिएको पनि जनाइएकाे छ । समामाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानले ताइवानको खाडीलाई दुई क्षेत्रमा विभाजन गर्ने काल्पनिक रेखा मिडियन लाइन पार गरेका हुन् ।

यता चीनले ताइवान आसपासको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल्स’ आयोजना गरेको छ । चीनले दशकौंदेखि ताइवानलाई आफ्नो क्षेत्र दावी गर्दै आएको छ । ताइवान भने चीनको उक्त दावीलाई खण्डन गर्दै आएको छ ।