Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


नवनियुक्त प्रधानमन्त्री दाहाललाई कलाकारले दिए बधाई


728
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई कलाकारहरूले बधाई दिइरहेका छन् ।

कलाकारहरूले सामाजिक सञ्जालमार्फत तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका दाहाललाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

यसैबीच गायक राजेशपायल राईलेदाहाललाई बधाई दिंदै छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्दै शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा दाहालसँगको एक तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘नेपाल र नेपालीको हितमा काम गर्दै बिकासको अद्वभुत पराकास्टा, छलांग मार्दै, संसारलाई चकित पार्नु होला, नयाँ प्रधानमन्त्रीको लागि हार्दिक बधाई तथा शुभकामना ।’

त्यस्तै, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले पनि सामाजिक सञ्जाल मार्फत दाहालसँगको तस्वीर सार्वजनिक गर्दै बधाई तथा शुभकामना दिएका छन् । उनले मुलुकको ४४औं प्रधानमन्त्री भएकोमा हार्दिक बधाई र सीङ्गो नेपालको हितमा परिणाममुखी निर्णयका लागि शुभकामना दिएका छन् ।

साथै अन्य कलाकारले पनि सामाजिक सञ्जालबाट दाहाललाई बधाई दिएका छन् ।