Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अस्करबाट बाहिरिए ‘ऐना झ्यालको पुतली’ र ‘लोरी’


273
Shares

काठमाडौं । एकेडेमी अवार्डको ९५ औं संस्करणका लागि अस्करले १० विधामा मनोनयन घोषणा गरेको छ ।

बिहिबार सार्वजनिक गरिएको सूचीमा यो वर्ष नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र लाइभ एक्सन सर्ट फिल्म विधामा सिफारिस ‘लोरी’ दुवै फिल्म मनोनयनमा अटाउन सकेनन्। 

डकुमेन्ट्री, इन्टरनेशनल फिचर, मेकअप, हेयर स्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ-एक्सन, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो।

यो वर्ष अस्करमा पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ र भारतीय फिल्म ‘लास्ट फिल्म शो’ (छल्लो शो) मनोनित भएका छन्। त्यस्तै मौलिक गीत तर्फ भारतीय फिल्म ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ।

अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको छ । अस्कर अवार्ड समारोह आगामी मार्च १२ मा हुने भएकाे छ।