Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भारतीय औषधि कम्पनीले पालना गरेनन् जीएमपी


182
Shares

काठमाडाैं । दर्जन बढी भारतीय औषधि उत्पादक कम्पनीले जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका पाइएको छ ।

औषधि व्यवस्था विभागले आज विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरुको सूची सार्वजनिक गर्दै जीएमपी पालना गर्न सचेत गराएको हो ।

विभागले विदेशी उद्योगहरुको जीएमपी पालना सम्बन्धी निरीक्षण गर्दा १६ वटा भारतीय कम्पनीले पालना नगरेको पाइएको जनाएको छ । यस्तो नियम पालना नगर्नेमा बाबा रामदे्बको आयुर्वेदिक औषधि उत्पादक कम्पनी ‘दिव्य फार्मेसी’ समेत परेको छ ।

विभागले हाललाई ती कम्पनीका उत्पादनहरुको विक्री वितरणमा भने कुनै बन्देज लगाएको छैन । कम्पनीहरुले प्रमाणपत्र बुझाएको आधारमा अनुगमन मात्रै गरिएको र यसमा त्रुटी देखिएकाले कम्पनीलाई बताएका र उनीहरुले यसलाई सच्याएर पुन प्रमाणीकरणका लागि निवेदन दिन सक्ने विभागले जनाएको छ । यसैका आधारमा अहिले नै कुनै कम्पनीको उत्पादनमाथि रोक नै लगाउनुपर्ने अवस्था भने नरहेको पनि जनाइएको छ ।