Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


‘केजीएफ २’ बन्यो २०२२ को धेरै कमाइ गर्ने फिल्म


6k
Shares

एजेन्सी । फिल्म ‘केजीएफ २’ २०२२ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ ।

हालै टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’ ले सार्वजनिक गरेको वर्ष २०२२ को भारतीय फिल्मको वार्षिक रिपोर्ट सूचीमा फिल्म ‘केजीएफ २’ बक्सअफिसमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो फिल्म बन्न सफल भएको हो ।

दक्षिण भारतीय अभिनेता यश अभिनित यो फिल्मले १४ अप्रिलमा २.१४ मिलिनियम टिकट बेचेको थियो । जसले फिल्मलाई २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनायो । ‘केजीएफ २’ ले फिल्म ‘बाहुबली’को ५ वर्ष पुरानो रेकर्ड समेत तोडेको थियो ।

बक्सअफिसमा राम्रो कमाइ गर्न सफल फिल्म ‘आरआरआर’ दोस्रो स्थानमा परेको छ । एसएस राजामौलीको फिल्म ‘आरआरआर’ वर्षको सबैभन्दा धेरै कमाउन सफल फिल्म भएपनि भारतमा टिकट बिक्रिको मामलामा ‘केजिएफ २’ भन्दा पछि छ ।

टिकटको आधारमा धेरै कमाउने सूचीमा ‘केजिएफ २’ र ‘आरआरआर’ भन्दा पछि ‘द कस्मिर फाइल्स’, ‘पोन्नियन सेल्वान’, ‘ब्रह्मास्त्र’ लगायत फिल्म छन् । यस बाहेक ‘कान्तारा’, ‘कात्र्तिकेय’, ‘सीता रामम’, ‘७७७ चार्ली’ फिल्मको नाम पनि त्यो सूचीमा उल्लेख छ ।