२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


बिप्लव नेतृत्वको नेकपामाथि राजनीतिक व्यवहार गर्न डा. भट्टराईको माग


0
Shares

काठमाडौं, भदौ १० । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक व्यवहार गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक–पटक पक्राउ गरेर सरकारले पञ्चायतकालीन शैली अपनाएको आरोप लगाए ।

संयोजक भट्टराईले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई सपथबाट रोक्नु गलत भएको भन्दै तत्काल सपथ ग्रहणको वातावरण बनाउन सरकारसँग माग गरे ।

त्यस्तै नेकपाका नेता भीम रावलले कञ्चनपुर घटनाको आवरणमा केही तत्व नेकपाका जनप्रतिनिधिको बद्नाम गराउन लागि परेको आरोप लगाए ।

उनले कञ्चनपुर घटनामा संलग्न जो कोही भए पनि दोषी उम्कन नहुने बताए ।