Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


काठमाडाैंकै विद्यालयमा छात्रामाथि याैन दुर्व्यवहार


1.5k
Shares

काठमाडौं । काठमाडाैंकै विद्यालयमा छात्रामाथि याैन दुर्व्यवहार भएकाे घटना बाहिर आएकाे छ ।

छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

एकजना छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएपछि भट्टराईविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रहरीले उनको खोजी थालेपछि भट्टराई आफैं आइतबार प्रहरी कार्यालय पुगेको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले बताए ।

‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो भन्दै दुर्व्यवहार गर्ने गरेका छन्’, जाहेरीमा भनिएको छ ।