१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


धरानका मेयर हर्क साम्पाङलाई कारबाही गर्न दलित आयोगकाे गृह मन्त्रालयलाई सिफारिस


182
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाही गर्न राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

मेयर राईले सामाजिक सञ्जालमा दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानून विपरीत टिप्पणी गरिरहेको जिकिर गर्दै आयोगले मन्त्रालयलाई कारबाही गर्नका लागि सिफारिस गरेको हो । सुरूमा मेयर राईले चमारे बुद्धि भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै आयोगले आत्मालोचना गरेर आफ्नो अभिव्यक्ति सच्याउन आग्रह गरेपनि राईले अटेर गरेको आयोगले जनाएकाे छ ।

मेयर राईले तराईका दलित समुदायमाथि अपमान गर्ने अभिव्यक्ति दिएकोप्रति आयोगले विज्ञप्तिमार्फत सच्याउन आग्रह गर्दा पनि बेवास्ता गरेको आयाेगले दावी गरेकाे छ । दलित समुदायलाई अर्तिउपदेश दिने तथा आफ्नो कमजोरीप्रति कुनै सम्बोधन नगरी अभिव्यक्ति पुनः सार्वजनिक गरेको हुँदा मेयर राईलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।