३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सिन्धुली महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन हुने


208
Shares

सिन्धुली । जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा पुस ८ गतेदेखि १८ गते सम्म सञ्चालन हुने छैठौं सिन्धुली महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन हुने भएको छ ।

स्थानीय कृषि उत्पादन, घरेलु वस्तुहरु र कलाकृतिहरुलाई प्रदर्शन तथा प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ महोत्सवमा स्थानीय उत्पादनको सामग्रीहरूका लागि निःशुल्क स्टलहरु उपलब्ध गराउन लागिएको आयोजकले बताएको छ ।

‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिबृद्धि गरौं, सम्बृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौ’ भन्ने मुलनाराका साथ सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवको सह-आयोजक जिल्लाका आठै वटा पालिका र सहयोगी नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ ।

जिल्लामा व्यवसायिक प्रवर्द्धन गर्न, लगानी मैत्री वातावरणको श्रृजना गर्न, धामिर्क तथा पर्यटकिय प्रवर्द्धन र आधुनिक दमकल खरिद गर्ने उद्देश्यअनुसार महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ सिन्धुलीले जनाएको छ ।

सो महोत्वसको आकर्षण स्थानीय उत्पादन तथा बाह्य सामाग्री, व्यापार मेला, धार्मिक तथा ऐतिहासिक स्थल, खेल तथा मनोरन्जन मेला रहने छ ।

महोत्वसमा कृषिमा आधारित वस्तुहरु, हस्तकला, घरेलु उद्यमी सामाग्री तथा दैनिक उपभोग्य सामाग्री, अटोमोबाइल, विभिन्न यान्त्रीकरण उपकरणहरुको प्रदर्शनी, सुचना तथा इलोक्टोनिक्स प्रदर्शन, जडिवुटी तथा वनपैदावार प्रदर्शनी, व्यापारिक प्रयोजन बस्तु तथा सेवाहरु, रेष्टुरेण्ट तथा होटल र जातिय तथा परम्परा खाना बिक्रि, सेवा व्यवसाय, सरकारी कार्यालय, शैक्षिक, वित्तिय संस्था एवं अन्य संघ संस्थाहरुका सामाग्री प्रर्दशनी गरिने जनाईएको छ ।

कुल १ करोड ८० लाख ८५ हजार रुपैयाँ आम्दानी हुने र महोत्सव संचालनका लागि कुल ९० लाख ८५ हजार खर्च हुने अनुमान गरिएको छ ।