Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अर्घाखाँचीमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान


247
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ ले उच्च शिक्षामा अध्ययनरत वडाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वाङ्गलाको जीवनोद्वार माविबाट कक्षा १२ पास गरी पाणिनी बहुमुखी क्याम्पसमा बिएड. तथा बीबीएस संकायमा अध्ययनरत विद्यार्थीहरुलाई पढ्न सहज होस् भनेर छात्रवृत्ति उपलब्ध गराएको वडाध्यक्ष ऋषव अधिकारीले बताउनुभयो। १ लाख बजेट बाट १३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी ७ हजार ६ सय ९२ रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको उहाँले बताउनुभयो ।

वडा गतको यो छात्रवृत्ति कार्यक्रमले दिर्घकालीन रूपमा शैक्षिक क्षेत्रमा वडाको विकासमा पनि टेवा पुग्ने अपेक्षा राखिएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै पाणिनी बहुमुखी क्याम्पसका प्रमुख बुद्धिराम भुसालले वडाले गरेको कार्यको उच्च प्रशंसा गर्दै अन्य पालिका तथा वडाहरुले पनि यस्ताे काम गर्नुपर्ने बारेमा जोड दिनुभयो ।