Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


पाल्पाको तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द हुने


65
Shares

काठमाडौं । पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडकखण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ ।

साेही सडक खण्डको सिरूखर्क, माल्मुल क्षेत्रमा सडक चौडा बनाउनका लागि सडक बन्द गरिएको हो । आगामी पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ।

सडक चौडा बनाउनु पर्ने भएकाले बाटो बन्द गरेर सडक निर्माण कार्य गरिने भएकाे हाे । सडक निर्माणको समयमा बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने भएकाे छ ।

सडक बन्द भए पनि यो सडकखण्ड हुँदै गुल्मी, बागलुङ र अर्घाखाँची आउनेजाने साना सवारी साधन भने लुहुङ्ग–बतासेडाँडा भएर चल्न सक्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएकाे छ ।